८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

अमेरिकाको टेक्सासमा गोली हानी एक नेपालीको हत्या


८ माघ २०७४, सोमबार  

0
Shares

टेक्सास ।  अमेरिकाको ड्यालसस्थि गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ । उक्त स्टेसनमा गत शतिबार भएको लुटपाटमा मनिष पाण्डेको हत्या भएको ड्यालस न्युजले जनाएको छ ।
ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेसनमा शनिबार राति भएको लुटपाटमा उनको हत्या भएको गर्ल्यान्ड प्रहरीले जनाएको छ । उक्त ग्यास स्टेसनका मालिक कृष्ण पन्त हुन् । पन्त पाण्डेका मामा हुन् ।

ग्यास स्टेसनमा लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा पाण्डेलाई आक्रमणकारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार  १० : ३२ बजे