ललितपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले राजनीतिक अस्थिरताका कारण विगतमा नेपाल आर्थिक विकासको बाटोमा अघि बढन नसकेको बताएका छन् ।
ललितपुरको हिमालयन होटलमा ‘द साउथ एसिया नेटवर्क अफ इकोनोमिक रिसर्च इन्टिच्युट’ले आयोजना गरेको १५ औं वार्षिक सभालाई सम्बोधन गर्दै डा महतले उक्त भनाइ राखेका हुन् । नेता महतले भूकम्प र भारतले लगाएको नाकाबन्दीले पनि नेपालको आर्थिक विकासलाई अघि बढाउन चुनौति थपि दिएको पनि स्पष्ट पारे ।
महतले युवा जनशक्तिको विदेश पलायन पनि मुलुकको आर्थिक विकासको बाधाको रुपमा रहेको उल्लेख गरे । नेपालको लागि संघीयता चुनौतिपूर्ण भएको उल्लेख गर्दै उनले पूँजी परिचालनको माध्यामबाट नेपाललाई समृद्ध बनाउनुपर्नेमा पनि जोड दिए ।