युएस नेपाल क्लाइबर्स एसोसियसनले चलचित्र नायिका निशा अधिकारीद्धारा निर्मित चलचित्र ज्याइकुटि न्युयोर्कमा प्रर्दशन गरियो । चलचित्र प्रर्दशनमा नायिका निशा अधिकारी आफना श्रीमान क्रिकेटर शरद मल्ल र भर्खरै जन्मेका छोरा युवानका साथ भर्जिनियाबाट न्युयोर्क आइपुगेका थिए । स्थानीय शेर्पा किदुगको हलमा प्रर्दशन गरिएको चलचित्र प्रर्दशनबाट उठेको केही रकम अधिकारीले लिएपनि केही सस्थाको सहयोगको लागी प्रदान गरिने भएको छ । चलचित्र प्रर्दशन पछि एसोसियसनले उनलाई पहिलो नायिकाको रुपमा सगमाथाको सफल आरोहण गरेको भनी सम्मान गरिएको थियो । बैबाहिक जीवनसंगै चलचित्र क्षेत्रमा केही समय ब्रेक लिएकी नायिका अधिकारीले एक महिना अघि मात्र अमेरिकामा छोरा जन्माएकी छिन ।
६ असार २०७५, बुधबार
0
Shares