२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

लिओनल मेस्सीको ह्याट्रिक, पीएसभीलाई ४ गोल


३ आश्विन २०७५, बुधबार  

0
Shares

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४–० गोल अन्तरले पराजित गरेको छ।

खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा डच च्याम्पियन पीएसभी इन्डोभानलाई ४–० गोल अन्तरले हराएको छ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ३१ औं मिनेटमा मेस्सीले फ्रि किक मार्फत पहिलो गोल गरेका थिए।

दोस्रो हाफमा बार्सिलोनाका जर्सी नं ११ डेम्बेलेले ७४ औं मिनेटमा दोस्रो गोल गरेका थिए। ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीले ८७ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै पीएसभीलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

मेस्सीको करियरको यो ४८ औं ह्याट्रिक हो। बार्सिलोनाका डिफेण्डर उम्टिटी दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर बाहिरिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ८ : ४२ बजे