७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

पासाङ शेर्पाले ग्याल्वा कर्मापालाई भेटेर झण्डा दिए ।


Ang

१ कार्तिक २०७५, बिहिबार  

0
Shares

तिब्बत स्वतन्त्रताको साथै चीनको मानवधिकारको पक्षमा अघि बडदै आएका सोलुखुम्बु फेरा निवासी पासाङ ग्याल्जेन शेर्पाले १७ औ ग्याल्वा कर्मापासग भेट गरियो । भेटको अवसरमा उनले आफुले तिब्बत स्वतन्त्रताको पक्षमा लाग्दै आएको र चीनको मानवधिकारको बारेमा वकालत गदै सर्मथन गदै आएको बताएका थिए । पासाङ अमेरिका आएदेखिन तिब्बत स्वतन्त्रताको पक्षमा उभिएकोमा ग्याल्वा कर्मापाले खुसी व्यक्त गरेका थिए ।

केही समयको भेटवार्तापछि उनले तिब्बती स्वतन्त्रताको आन्दोलनको क्रममा बोक्दै आएको तिब्बती झण्डा ग्याल्वा कर्मापालाई बुझाएका थिए । यस अघि उनले तिब्बत स्वतन्त्रताको आन्दोलनमा बेला बोक्दै आएको केही वर्ष अघि दलाई लामालाई पनि दिएका थिए ।

‘ तिब्बत स्वतन्त्रता र चीनको मानवधिकारको पक्षमा लाग्दै आउने क्रममा आफुले बोकेको झण्डा दलाई लामा र हालै ग्याल्वा कर्मापालाई भेटघाट गरि दिन पाउदा निकै खुसी लागेको छ ‘ पासाङले बताए । सोलुखुम्बु फेरा निवासी पासाङले दलाई लामाको जन्मदिनको अवसर पारेर लामो समय हरेक हप्ताको बुधाबार ल्हाकार कार्यक्रमको संयोजन गदै आएका थिए ।  तिब्बत स्वतन्त्रता, चीनको मानवधिकारको पक्षमा र पछिल्लो समय न्युयोर्कमा भएको ल्हाकार कार्यक्रममा पनि लामो समय योगदान दिएको कदर स्वरुप ल्हाकार आयोजक समितिले उनलाई विशेष सम्मान गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार  १२ : ३८ बजे