६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

नेपाली कराते प्रशिक्षक तथा रेफ्री पर्खी राई न्युयोर्कमा सम्मानीत


Ang

१९ मंसिर २०७५, बुधबार  

0
Shares

न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टस एसोसियसन कराते डोजोका सञ्चालक तथा प्रमुख प्रशिक्षक पर्खी राई न्युयोर्कमा सम्मानीत भएका छन । अमेरिकामा कराते खेल्न सिकेर प्रशिक्षक बन्नुका साथै अमेरिकी कराते महासंघको रेफ्री राई तेस्रो डनको उपाधी पाइसकेका छन । कराते सिकाउदै अमेरिकामा कराते प्रतियोगिताको रेफ्री निर्णयक रुपमा कार्य गदै आएका पर्खी राईलाई दि न्युयोर्क ट्रेडिशनल कराते लिगले १२ औ वाषिर्क उत्सवका अवसरमा सम्मान गरिएकेा हो ।

कार्यक्रममा राई सहित अन्य ७ जना अन्य रेफ्रीहरुलाई पनि सम्मान गरेको थियो । यो सस्थाले न्युयोर्क क्षेत्रमा वर्षभरि धेरै पदक जित्ने खेलाडीमध्ये उत्कृष्ट छनौट गरि आर्थिक अवस्था कमजोर भएकालाई कलेजमा छात्रवृत्ति प्रदान गर्नुका साथै अन्यत्र प्रतिस्पर्धामा जादा समेत आर्थिक सहयोग गदै आएका छन । उक्त अवसरमा प्रशिक्षक तथा रेफ्री राईलाई दि न्युयोर्क ट्रेडिशनल कराते लिगका सस्थापक एवं अध्यक्ष जर्ज अस्कर जुनियर र विश्व कराते महासंघ अन्तर्गत युएस कराते महासंघ रेफ्री कमिटिका सदस्य सीड्रीक बार्कस्लेडेलले प्रसंशापत्र सहित सम्मान गरेका थिए । सम्मानीत राई सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउपालिकामा जन्मेका हुन ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ९ : ०५ बजे