१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

कांग्रेस जिल्ला सभापति लामाले भने: अनियमितता गरे आफ्नै पार्टीका जनप्रतिनिधिलाई पनि कारबाही


१२ माघ २०७५, शनिबार  

0
Shares

काठमाडौं: नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको काम इमानदारीपुर्वक नगरी अनियमितता गरे पार्टीले कार्बाही गर्ने बताए।

कांग्रेस सिन्धुपाल्चोकले अगुवा कार्यकर्ताहरुका लागि महासमिति बैठकबाट पारित विधान,राजनीतिक, संगठानिक तथा आर्थिक विषयबारे आयोजना गरेको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभापति लामाले यस्तो विचार व्यक्त गरेका हुन्।

जिल्लाबाट प्रतिनिधित्व गर्ने स्थानीय र प्रदेशका प्रतिनिधिहरुलाई निर्देशन दिँदै उनले भने – कांग्रेस जनताको अधिकार र संवृद्धिमा काम गर्ने पार्टी भएकोले त्यसै अनुरुप काम गर्नु पर्ने पर्छ। निष्पक्ष रुपमा काम नगरी अनियमितता र अन्य कुरामा लागे भोलिका दिनमा टिकट नदिई कार्बही गर्नुकासाथै पार्टी संगठनमा अगाडि बढाउन सकिदैन।’

कार्यक्रममा जिल्लाका नेता तथा कार्याकर्ताको बाक्लो उपस्थित थियो।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार  ६ : ४१ बजे