२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

न्युयोर्कमा मनायो लिम्बु समुदायको मौलिक पर्व सिकेक्वा ताङनाम


Ang

७ श्रावण २०७६, मंगलबार  

0
Shares

 

न्युयोर्क- किरात याक्थुङ चुम्लुङ अमेरिकाले विगत बर्षहरु झै यस बर्ष पनि बिशेष कार्यक्रमका साथ सिसेक्वा ताङनाम पर्व मनायो । न्युयोर्कको क्विन्सबि्रज पार्कमा आइतबार आयोजित कार्यक्रममा लिम्बु समुदायको मौलिक च्याबु्रङ नृत्यको साथमा परम्परागत मौलिक खाना पस्केका थिए ।

उपसभामुख डा शिवमाया तुम्बाहाङफेको प्रमुख आथित्यमा भएको कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न समुदायहरु र संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए । त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली कन्सुलेट न्युयोर्कका बाणिज्यदुत कृषु क्षेत्री थिए ।

किरात याक्थुङ चुम्लुङ -कियाचु ) को अध्यक्ष विरेन्द्र हाङ लाबुङको सभापतित्वमा भएको कार्यक्रममा कियाचु नेपालका पुर्व उपाध्याक्ष लिम्बुवान स्टडी सेन्टरका संयोजक तथा प्रोफेसर अर्जुन लिम्बु र नेपाली चलचित्रका निर्देशक नविन सुब्बा, आदीवासी जनजाती महासंघ अमेरिकाका बरिष्ठ उपाध्याक्ष राजकुमार विष्टले लिम्बु समुदायको मौलिक पर्व सिसेक्वाको बारेमा शुभकामना दिएका थिए । कियाचुको महासचिव सुमन थाम्सुहाङद्धारा सञ्चालन गरेका कार्यक्रममा उपस्थित सहाभागीहरुले पाक्लुङ छेलो हान्ने, डोरि तान्ने र म्युजिकेल चेयर खेल प्रतियोगिता समेत भएको थिए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई आयोजक सस्थाले पुस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : १२ बजे