३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

स्काभेटरले महिला हुत्याउने चालक धरौटीमा रिहा



बैतडी– बैतडीमा सडक निर्माणका क्रममा विवाद भए पछि स्काभेटरले महिला हुत्याउने चालक ५० हजार धराैटीमा रिहा भएका छन्।

बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा गत कार्तिक ४ गते सडक निर्माणका क्रममा विवाद हुँदा किशोर बोहराले चलाएको स्काभेटरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन्। भिडियो सार्वजनिक भएपछि बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्ता गरेपछि चालक बोहरालाई पुर्पक्षका लागि जिल्ला अदालतले मंसिर १ गते कारागार चलान गरेको थियो। जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले बोहरालाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यसअघि स्काभेटर चलाउन उक्साएको आरोपमा पक्राउ परेका स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी तथा डोजर साहु भानीदत्त जोशी पनि ५०/५० हजार धरौटीमा छुटेका थिए। स्काभेटरकाण्ड पछि अहिले यो सडक निर्माण रोकिएको छ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  २ : २६ बजे