१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023

शेर्पा संघको अध्यक्षमा गेल्जे



काठमाडाै‌ं– नेपाल शेर्पा संघको अध्यक्षमा गेल्जे लामा शेर्पा चयन भएका छन् । आइतबार सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट गेल्जेको अध्यक्षतामा ३५ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा ङवाङ सोनाम, द्वितिय उपाध्यक्षमा साङ्गे लामा र महासचिवमा लाक्पा शेर्पा चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्ष ८, सचिव ४, उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष १/१ जना समेत चयन गरेको छ ।

संघले देशभरका शेर्पाहरुलाई एकीकृत गर्न स्थानीय, जिल्ला, प्रदेश र केन्द्रमा समिति विस्तार समेत गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : १७ बजे