६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कांग्रेसमा देउवालाई दबाब दिन पाैडेल र सिटाैला पक्षका सभापतिको भेला



काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले चर्को विरोध गर्दै आएका छन्।

वरिष्ठ नेता पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरूको भेला बोलाएको छ। भेलामा पूर्वमहामन्त्री सिटौला समूह पनि सामेल छ। सिटौला भने धनकुटामा छन् ।

बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर र विधानको नियम निलम्बन गरेर गलत नजिर स्थापित गरेको उनीहरूको आरोप छ।

पौडेल–सिटौला पक्षले पुस ११ को निर्णय सच्याउनुपर्ने माग गरेको छ। यसका लागि दबाब दिन उनीहरूले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन्। ४० जिल्लाभन्दा बढीका सभापतिले गर्ने निर्णयबाट देउवालाई ठूलो दबाब पर्ने बुझाइ पौडेल–सिटौला पक्षको छ।

सहमतिको प्रयासमा संस्थापन र पौडेल पक्षबीच पटक–पटक वार्ता भए पनि नेताहरु निष्कर्षमा पुग्न सकेका छैनन् । विवाद साम्य नभएपछि युवा नेताहरुले देउवा र पौडेल पक्षलाई छुट्टाछुट्टै भेटेर समस्या सुल्झाउन दबाबसमेत दिएका थिए ।

 

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ११ : ०० बजे