७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

आइसीसी विश्वकप क्रिकेट लिग २ : नेपाली टोलीको घोषणा



काठमाडौं– माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीमा कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक स्थान बनाएका छन् । अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई यसपटक आराम दिइएको छ । सोमपाल स्वास्थ्यका कारण र बसन्त पारिवारिक कारणले प्रशिक्षण क्याम्पमा समेत सहभागी थिएनन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसान भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । तीन देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् ।

खेल तालिका
माघ २२ – नेपालविरुद्ध ओमान

माघ २५ – नेपालविरुद्ध अमेरिका

माघ २६ – नेपालविरुद्ध ओमान

माघ २८ – अमेरिकाविरुद्ध ओमान

माघ २९ – नेपालविरुद्ध अमेरिका

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ४ : ३० बजे