१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

पाकिस्तानमा हिमपहिरो, पाँचको मृत्यु



इस्लामाबाद (एजेन्सी)– पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मंगलबार राति गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको बुधबार स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

हिमपहिरोमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : ५५ बजे