पुष्करको लेखन र अभिनयको ‘हलचल जिन्दगी’ बजारमा

२०७६ चैत्र ६, बिहीबार ०५:३७

न्युयोर्क– लामो समयदेखि साहित्य लेखनमा सक्रिय गजलकार पुष्कर बरालको शब्दमा गायक यम बरालको श्वर रहेको गजल गीत ‘हलचल जिन्दगी’मा  युटुबमा आएको छ ।

बादलुको घुम्टोले, निष्टुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया पि्रती जस्ता कैयो हिट गीतमार्फत चर्चामा आएका गायक बरालको नयाँ गजल गीत हो ।

गायक बराल आफनै संगीत रहेको यो गीतमा नायिका केकी अधिकारी, गजलकार पुष्कर बराल, कृश थापा र पृन्साको अभिनय रहेको छ । भिडियो बिक्की पुलामी मगरको निर्देशनमा बनेको हो ।

‘ यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन र्झछ आसु यहाा पलपल जिन्दगीमा’…

यिनै र यस्तै यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बह हरुलाई गजलकार पुष्करले शब्दमा बुनेका छन् । गीतमा आशु , प्रेमका कुराहरुसंगै बिछोड र उदासिपनका भावहरु पोखेका छन् । मान्छे जीवनमा एक न एक रुपमा एक्लो बन्छ र उसको जिन्दगीमा कस्ता कस्ता पिडाका बाढिहरु उर्लन्छन् भन्ने कुरालाई गजलकार गीतकारले शब्दमा एकदमै मार्मिक ढङ्गले उतार्न सफल भएको देखिन्छ ।

सम्बन्धित समाचार