१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

गुम्बा व्यवस्था समितिको अध्यक्षमा भिक्षु थुप्तेन जिग्डोल नियुक्त


Ang

४ असार २०७७, बिहिबार  

2
Shares

नेपाल सरकारले नेपाल बौद्ध महासंघको पुर्व अध्यक्ष भिक्षु थुप्तेन जिग्डोल ( फुपु छेम्बे शेर्पा ) लाई बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिको अध्यक्ष पदमा नियुक्ती गरेको छ । मन्त्रिपरिषदको २०७७ /३ /२ को दिन गरेको निर्णय अनुसार ५ बर्षको लागी भिक्षु फुपु छेम्बे शेर्पालाई नियुक्ती गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयले जनाएको छ । ताप्लेजुङमा जन्मेका भिक्षु जिग्डोलले नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौबाट उच्च अध्ययनसंगै खेन्पो उपाधी हासिल गरेका थिए ।

नेपाल बौद्ध महासंघको सस्थापक महासचिव हुदै उपाध्याक्ष भएर अध्यक्ष भएका उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यकारी परिषद, गोम्पा विहार व्यवस्थापन नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानको सस्कृतिक विभागको पुर्व सदस्य भइसकेको नेपाल बौद्ध महासंघको अध्यक्ष आचार्य नुर्बु शेर्पाले जानकारी दिएको छ । गुम्बा विकास समितिको अध्यक्षमा भएको नियुक्ती गरेको वितिकै नेपाल बौद्ध महासंघले उहालाई बधाई तथा कार्यकाल सफलताको शुभकामनासंगै नेपाल सरकारलाई पनि धन्यवाद ज्ञापन गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ११ : ०३ बजे