७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोना संक्रमित १० हजार नाघ्यो, मर्नेको संख्या २४



काठमाडौं । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ५३८ जनामा कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार जनाए अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।

यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।

यसैगरी कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ३३ बजे