१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

नागरिकता विधेयक जारी भएको प्रकृयामा मात्र असन्तुष्टी रहेको रास्वपा अध्यक्ष लामिछानेको भनाई



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयकको विषयलाई लिएर आफुहरुलाई निश्चित समुदायको विरोधीको रुपमा चित्रित गरिएको उल्लेख गर्दै आफ्नो दलको प्रकृषमा मात्र असन्तुष्टि रहेको जनाएका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा गलत प्रक्रिया अपनाएको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले लामिछानेले रास्वपा जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको बताए ।

‘जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित हुनुपर्छ,’ उनले भने, ‘विधेयक संसद्मा आएको भए हामी छलफल गर्थ्यौं, स्वामित्व लिन्थ्यौं तर जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा विमति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौं ।’

वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको पनि लामिछानेको भनाइ थियो । नागरिकता विधेयकको प्रक्रियाको विरोध गर्दा आफ्नो पुत्ला जलाइएको भन्दै उनले आपत्ति जनाएका छन् । ‘नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायकविरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ,’ उनले भने, ‘त्यसो गर्नेहरूलाई म यति मात्रै भन्न चाहन्छु कि राजनितिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति वैदेशिक रोजगारीका समस्या र मिटरब्याज समस्याका विषयमा मधेसी जनताको पक्षमा हामी उभिएको संसार साक्षी छ ।’ जनतामा भ्रमित हुने गरी जबर्जस्ती रास्वपाविरुद्ध अफवाह फैलाइएको उनको भनाइ थियो ।

नागरिकले नागरिकता प्राप्त नगर्दाको पीडा आफूलाई राम्रोसँग जानकारी रहेको उनको भनाइ थियो । ‘मलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा छ, साच्चै नै थाहा छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन हुँदैन’ उनले भने ।

उनले वैवाहिक अंगीकृत विषयमा मौन रहेका हुनाले नागरिकताका विषयमा छलफल चलाउन खोजिएको बताए । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस लाग्ने उनको भनाइ थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता ऐन जारी गरेपछि संसदमा प्रतिपक्षी दलहरु एमाले, रास्वपा र राप्रपाले विरोध गर्दै संसद अबरुद्ध गरेका थिए । त्यसो विरोधमा मधेसमा युवाहरुले आन्दोलन गर्दै लामिछानेको पुत्लसमेत जलाएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ४ : १८ बजे