२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

ट्विटरमा पावन्दी लगाइरहेका बेला ‘थ्रेड्स’ लञ्च गर्दै मेटा



फेसबुकको माउ कम्पनी मेटाले ट्विटरजस्तै माइक्रो ब्लगिङ साइट लञ्च गर्ने भएको छ । फेसबुक मार्क जुकरबर्गको कम्पनी मेटाले सञ्चालन गर्दछ ।

समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलाइरहेको मेटाले आउने बिहीबार थ्रेड्स नामक एप लञ्च गर्न लागेको छ ।

ट्विटरका मालिक एलन मस्कले दैनिक हेर्न पाउने ट्विटको संख्या तोकेर धेरै प्रयोगकर्ताले विकल्प खोजिरहेका बेला मेटाले ट्विटरजस्तै नयाँ एप ल्याउन लागेको हो ।

यसले ट्विटरको प्रयोगकर्ता घट्ने बताइएको छ ।

थ्रेड्स प्रयोगकर्ताको इन्स्टाग्राम खातासँग लिंक हुनेछ । इन्स्टाग्रामको खाताबाट थ्रेड्समा लगइन गर्न र इन्स्टाग्राम फलो गरेका मानिसहरूलाई थ्रेड्समा पनि फलो गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ३१ बजे