अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । मृतकहरूमा रुकुम पश्चिमका सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेका छन् ।
सुरेश केसी ८० लाख रुपैयाँ दलाललाई बुझाएर तल्लो बाटो (अवैध बाटो) हुँदै ११ महिनाअघि अमेरिका पुगेका थिए । उनी च्यान्टिलीस्थित एउटा रेस्टुरेन्टमा काम गर्थे ।
दुर्घटनामा परी ज्यान गुमाएका विवेक सुवेदी छात्रवृत्तिमा अमेरिका गएका थिए । २२ वर्षीय विवेक वासिङ्टन युनिभर्सिटीमा कम्प्युटर साइन्समा स्नातकोत्तर गर्दै थिए । अध्ययनसँगै खाली समयमा रेस्टुरेन्टमा काम गरेर खर्च व्यवस्थापन गरिरहेको बताइएको छ ।
स्थानीय समयअनुसार बिहीबार राति १२:३० बजे भएको दुर्घटनामा संलग्न कारका चालक विजय तामाङलाई प्रहरीले हिरासतमा लिइएको छ भने घाईते भएकाको नाम खुलाइएको छैन । चालकले मद्यपान गरेर गाडी चलाइरहेको पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ रहेको छ ।