किरात याक्थुङ् चुम्लुङ् अमेरिकाले २२ डिसेम्बर २०२४ ले चासोक् तङनाम भब्यताकासा सम्पन्न गरेको छ ।
कियाचुले संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा भब्यताका चासोक तङनाम मनाएको हो । औपचारिक र डिजे गरी दुई खण्डमा विभाजन गरिएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव घन योङ्हाङ् र दोश्रो खण्ड संस्थाका पूर्व अध्यक्ष दिपेस् चबेगुले सञ्चालन गरेका थिए ।
कियाचु अमेरिकाका अध्यक्ष दिपक थेवेको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिका कानुनी सल्लाहकार दुर्गा सुब्बा मेन्यङ्बोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फ्याक विशेस अतिथिको रुपमा उपस्थित थिए । कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे, केशर माङ्देन, प्रेम मेन्यङ्बो, पुस्पलता थाम्सुहाङ्, बिमला पोमु र कर्ण योङ्हाङ्को पनि उपस्थिति थियो ।
याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, तपस्य, बलिदान र योगदानले बनेका नेपालको राष्ट्रिय विभूतिहरुको तस्विरमा माल्यार्पण र चासोक् पुजा गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुत गरिएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनले आमन्त्रित सम्पूर्ण अतिथि तथा सहभगीहरुलाई स्वागत गरेका थिए ।
कियाचु अमेरिकाका विभिन्न तह तप्का र भूमिकामा रहि तन, मन, बचन र कर्मले विशिष्ट सहयोग पुर्याएका महानुभावहरु पुस्पलता थाम्सुहाङ् , सरस्वती कन्दङ्वा, ममता सुब्बा लाबुङ् , पूर्ण खिम्दिङ्, केबी थेवे, सुबास हुक्पा चोङ्बाङ्, बिष्णु चोङ्बाङ्, पुरन लिम्बु, गजेन चेम्जोङ्, लीला सिङ्गक, बिमल चेम्जोङ, प्रेम मेङ्याङ्बो, सिभ लाबुङ, भिमा देवान, भिम मादेम्बा, कुबेर वनेम, बिरेन्द्र्हाङ लाबुङ, रिना थाम्सुहाङ्, बिजेता थेवे, रुपा याखा, प्राची लिम्बु बिसुङ्खे, निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ्, सशीकला मोक्तान, रिन्जी डोल्मा शेर्पा, नवाङ शेर्पा, एलिसा लिम्बुलाई योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरुमार्फत सम्मानपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।
चासोक् तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेवेले चासोक् तङनाम सम्पन्न गर्न विभिन्न भूमिकामा रहेर सहयोग गरेका संस्थाका सम्पूर्ण पदाधिकारीहरु, प्रायोजकहरु, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, संचारकर्मीहरु, मिठो खाना व्यबस्थापन गर्ने कोषाध्यक्ष निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङलगायतप्रति आभार व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
चासोक् तङनामको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम तथा कियाचु अमेरिकाका तुम्याहाङ प्रेम मेङ्याङबोको नेतृत्वमा संस्थाकै रुपा याक्खा, लिला सिङ्गक, धन योङ्हाङ्, पुस्पलता थाम्सुहाङ्, सुबास चोङ्बाङ्, सरस्वती कन्दङ्वा, बिष्णु चोङ्बाङ, सुर्य लिङ्देनको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक केलाङ (च्याब्रुङ नाच ) यालाङ (धान नाच) र हाक्पारे, रैथाने ख्याली प्रस्तुत गरिएको थियो । ममता सुब्बा लाबुङ, भिमा देवान, गायक भिम मादेम्बा, प्राची लिम्बु बिसुङ्खे, रेमोस अधिकारी, राम सोदेम्बा र बिरेन्द्रहाङ लाबुङलगायतले धमाकदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।













