१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

पाङ्ग्राबिना जनकपुरबाट उडेको जहाज काठमाडौँमा सुरक्षित अवतरण



पाङ्ग्राबिना जनकपुरबाट उडेको  बुद्ध एयरको जहाज काठमाडौँमा सुरक्षित अवतरण गरेको छ । 

बिहीबार दिउँसो ४:३९ बजे जनकपुरबाट काठमाडौँ उडेको उडान नम्बर ५०६ भएको कलसाइन ९ एन-एएनएज रहेको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै काठमाडौँमा ५:६ मिनेटमा अवतरण भएको हो ।  

जहाज अवतरण गर्नेक्रममा अगाडिको पाङ्ग्रा नभएको थाहा भएको बताइएको छ । जहाजमा ६२ यात्रु थिए । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँमा अवतरण भइसकेपछि मात्रै जहाजको अगाडिको पाङ्ग्रा नभएको थाहा भएको थियो ।

काठमाडौँ ल्यान्ड भइसकेपछि पोस्ट फ्ल्याइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको र त्यसपछि खोजीका क्रममा जनकपुर एयरपोर्टको रनवेमा भेटिएको थियो । जहाज ग्राउन्डेड गरेर अनुसन्धान गरिएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : २७ बजे