५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा यक्षध्वज कार्कीको उम्मेद्वारी


३ आश्विन २०७५, बुधबार  

0
Shares

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज उम्मेद्वारी घोषणा गरेका छ।

बुधबार राजधानीको भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबकम पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

कार्कीले महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू निरन्तर लागिपरेको जिकिर गरे।

महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले आफु पुन अध्यक्षमा उठेको हुँ उनले थपे समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु।’

उनले आफूविरुद्ध अध्यक्षताको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पार्दै उनले भने, क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो।

‘महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले गर्दा उम्मेरद्वारी दिएको हुँ।’ उनले भने,‘व्यवसायीहरुको उत्थान, जनता सँग नजिक र सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने छु।

कार्कीले महासंघको अध्यक्ष हुँदा आफूले गर्ने कामहरु ५१ बुँदे प्रतिबद्धता सहित आजै सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार  ५ : १५ बजे