१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अमेरिकामा उभौली साकेला समापन


Ang

३ असार २०७६, मंगलबार  

0
Shares

युनाईटेड किरात राई ओर्गनाइजेशन अफ अमेरिका, न्यू इङ्गल्याण्ड शाखाको आयोजनामा बोस्टन, म्यास्साच्युसेटमा आयोजित उभौली साकेला कार्यक्रमसंगै यो बर्षको उभौली साकेला सिली चाड समापन भएको हो । बैशाष पूणिर्मा तथा बुद्ध जयान्तीदेखी शुरु हुने किरात चाड उभौली साकेला अमेरिकाको विभिन्न शहरमा किरात राईहरुले मनाउदै आएका छन् । बिशेषतः बालीनाली सपि्रयोस् भनि प्रार्थना गर्दै मनाउने चाडको रुपमा किरात समूदायले यो चाड मान्दै आएका छन् ।

नेपालका आदिवासी किरातहरु प्रदेशिएसंगै बसोबास क्षेत्रहरुमा राईहरु एकठाऊमा भेला भई सामूहिक पुजा तथा साकेला सिली र रिसिया गाउदै बर्षमा दुई पटक मान्ने गर्दछन् । अन्नबाली उठाउने बेला खुशीको उत्सवमा भने मंसिर पूणिर्मादेखी उधौली साकेला मान्ने गर्दछन् । ‘राईहरुसगै नेपाली मौलिक सस्कारलाई अमेरिकी परिबेशमा परिचय र प्रगतिसगै यो देशको विशाल सामाजिक घरमा एउटा ईंटा थपेको छ ।’ उभौली साकेलाको शुभकामना दिंदै कार्यक्रमका प्रमुख अतिथी तथा संस्था केन्द्रीय अध्यक्ष मुना राईले भने- ‘आन्द्र महासागरदेखी प्रशान्त महासागरसम्म फैलिएका राईहरुलाई समेटी आफ्नो किराती धर्म, भाषा तथा सस्कृतिलाई संरक्षण गर्दै नया पिडीलाई पुस्तान्तरण गर्नका लागी युनाईटेड किरात राई ओर्गनाइजेशन अफ अमेरिकाको स्थापना भएको हो ।’ उनले भनिन । ‘हामी राईहरु जुनसुकै क्षेत्र, जुनसुकै दिशा, जुनसुकै राष्ट्रबाट आएपनि हामी अमेरिकामा यो छाताभित्रका एउटै सुत्र हौं भनेर संस्थाले अडान लिएको छ ।’

कार्यक्रमका विशेष अतिथी तथा किरात राई सोसाईटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष रामकुमार राईले उभौली साकेलाको शुभकामना दिंदै भने ‘पारुहाङ्ग सुम्निमाले आशिष नघटाऊन् ।’ दुई राई दाजुभाई दुईघरमा बसेपनि तर दुखसुखमा सधै साथै रहेको अध्यक्ष राईले बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए । एकआपसमा शुभकामना आदानप्रदानसंगै न्यू इङ्गल्याण्ड शाखाद्धारा आयोजित यो बर्षको उभौली साकेला कार्यक्रममा सहयोगीहरुलाई धन्यवाद दिदै यो बर्षको उभौलि समापन भएको न्यूइङ्गल्याण्ड शाखाका अध्यक्ष तथा कार्यक्रमका सभापति मुक्तिनारायण राईले बताएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १२ : १४ बजे