५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

सात जना नेपाली अमेरिकाबाट निष्कासित


२५ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं ।  अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीलाई अमेरिकाको इमिग्रेसनले निस्काशन गरेको छ ।

उनीहरुलाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ ।

उनीहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मलेसिया, थाइल्याण्ड घुम्न जाने भन्दै बिभिन्न समयमा गएको खुल्न आएको छ ।
उनीहरुलाई दलालहरुले अमेरिका पुरयाएको र अमेरिकामा उनीहरुको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो ।

उनीहरुलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो ।  अन्नपूर्ण पोस्टमा यो खबर छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार  ७ : ३२ बजे