११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

सिन्धुपाल्चोकमा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’


७ असार २०७४, बुधबार  

0
Shares

काठमाडौं । भूकम्पपछि उद्धारका सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत ह अमेरिकी सैनिकलाई ‘वीरता पदक’ प्रदान गरिएको छ ।

उनीहरूको अतुलनीय योगदानको कदरस्वरुप नेपाल सरकारबाट प्रदान भएको उक्त पदक प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा काठमाडाँैस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगरी डी पिप्सलाई प्रदान गरे ।

उक्त दुर्घटनामा अमेरिकी सेनाका चालक क्रिस्टोफर एल नोग्र्रेन, क्याप्टेन दुस्टिन लुकासिन्जेज, वार्ड जोन्सन, इरिक सेइम्यान, सारा मेडिना, सेयान माइकल बार्टाेन र नेपाली सेनाका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तिताराले वीरगति प्राप्त गरेका थिए ।

समारोहमा प्रशंसनीय कार्य गरी राष्ट्रलाई गर्नुभएको योगदानको कदरस्वरुप गत २०७३ सरकारद्वारा नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्य दर्जा तथा कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त सकल दर्जालाई प्रदान भएको विभूषण, अलङ्कार तथा पदक प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तस्विर साैजन्यः   नेपालस्थित अमेरिकी दुतावास ।

प्रकाशित मिति : ७ असार २०७४, बुधबार  ५ : ५२ बजे