२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

जनताले वाम गठबन्धनलाई जिताउनुपर्छ: पोखरेल


८ मंसिर २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि अब जनताले वाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

एमाले बूढानीलकण्ठ नगरपालिका–५ ले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले वाम गठबन्धनसँग स्थानीय विकासका माध्यमबाट जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रम तथा राष्ट्र निर्माणको प्रष्ट दृष्टिकोण रहेको जिकिर गरे ।

सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका वाम शक्तिको एकता गर्ने उद्देश्यले सो गठबन्धन निर्माण गरिएको बताउँदै पोखरेलले वाम गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस आत्तिएर गठबन्धनले अधिनायकवादी शासन ल्याउन लागेको भ्रम फैलाएको आरोप लगाए।

काँग्रेसलाई जनताले विभिन्न समयमा बहुमत दिए पनि आन्तरिक विवादले सरकार पूर्णकालीन समयसम्म सञ्चालन हुन नसकेको बताउँदै उहाँले काँग्रेसले राजनीतिक स्थिरता तथा देश विकासका योजना ल्याउन नसकेको पनि जिकिर गरे।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ७ : १९ बजे