२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

नतिजा १६४: एमाले ८०, माओवादी ३६, कांग्रेस २२


२७ मंसिर २०७४, बुधबार  

0
Shares

काठमाडौँ  । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएका छन्।

अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक÷एक निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २२, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन्।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार  ८ : ०७ बजे