२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

शेर्पा फर चेन्जको आयोजनामा डा भावना तामाङसँग अन्तरक्रिया


७ माघ २०७४, आइतबार  

0
Shares

तस्विर: नवाङ सेरा शेर्पा।

काठमाडौं । शेर्पा फर चेन्ज नामक संस्थाले डा भावना तामाङसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार राजधानीको पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको कार्यक्रममा डा तामाङले आफ्ना स‌ंघर्षका दिनहरु र सफलताका कथा सुनाएकी थिइन् ।

शेर्पा युवामा चेतना अभिबृद्धि गराउन संस्थाले हरेक महिना यस्तै अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यो छैटौं कार्यक्रम भएको शेर्पा फर चेन्जकी कार्यक्रम संयोजक छिरीङ निमा शेर्पाले जानकारी दिइन ।

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार  ८ : २० बजे