११ मंसिर २०७९, आइतबार | Mon Nov 28 2022

सोनाम ल्होछार तीनकुनेमै सर्‍यो, सेनाले दिएन टुँडिखेल


२ फाल्गुन २०७४, बुधबार  

0
Shares

काठमाडौं । तामाङ समूदायले मनाउँदै आएको सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम तीनकुनेमै हुने भएको छ । सेनाले कार्यक्रम गर्नका लागि टुँडिखेल उपलब्ध गराउने स्विकृति दिए पनि आज साँझ स्विकृति रद्द भएको पत्र आयोजक नेपाल तामाङ घेदुङलाई दिएको छ ।

भोलिबाट सुरु हुने कार्यक्रम अब तीनकुनेमै हुने घेदुङले जनाएको छ ।

‘राष्ट्रिय सोनाम ल्होछार २८५४ खि ल्हो मुल समारोह समितिले आयोजना गर्ने तिनिदने ल्होछार महोत्सव कार्यक्रम फागुन ३, ४ र ५ गते हुने घेदुङका अध्यक्ष मोहन गोलेद्वारा भर्खरै जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार  ८ : १६ बजे