काठमाडौं: संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराए भने राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ खुवाए ।
यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुर र भट्टलाई शपथ गराएकी थिइन् । राष्ट्रिय सभामा एक र प्रतिनिधि सभामा चार सांसद शपथमा उपस्थित भएनन् ।
शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आइपुगेका थिए ।
;+3Lo ;+;b ejg gofF afg]Zj/l:yt /fli6«o;efsf] xndf /fli6«o;efsf gjlgjf{lrt ;b:ox? kb tyf uf]kgLotfsf] zky lnFb} u[xdGqL /fdaxfb’/ yfkfnufot . tl:a/ M /Tg >]i7, /f;;
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागुन २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गरेकी छन् ।
प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्र ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।
प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी मा शपथ लिए । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । उनन्साठी सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।
तस्विर: रत्न श्रेष्ठ/रासस