२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

खड्काको निधनमा कांग्रेसले पाँच दिन शोक मनाउने


१८ चैत्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै पारित उक्त निर्णय गरेको हो।

‘दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै २०७४ चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

शोक÷श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने,’ बैठकपछि पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘साथै, ७ (सात) दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गर्दछ।

‘खड्काको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गरेको थियो। पूर्व गृहमन्त्रीसमेत रहेको खड्काको चैत १६ गते भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

शनिबार साँझ खड्काको शव उनको निवास सानेपामा ल्याएको थियो। खड्कको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिनेछ। नेता खड्काको निधनको १३ औँ दिनमा कांग्रेसले केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  ६ : २० बजे