१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

जुगलमा डोजर काण्ड : ने क पाका प्रतिनिधिले गरे ५८ लाख भ्रष्टाचार!


२४ भाद्र २०७५, आइतबार  

0
Shares

सिन्धुपाल्चोक । स्थानीय तहमा भ्रष्ट्रचार बढ्दै गएको समाचार आइरहेको बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको आरोप लागेको छ । यस गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठकै गाउँपालिका महासंघका अध्यक्षसमेत हुन् ।

जुगल गाउँपालिकाका गजेन्द्र थापाले अख्तियारमा साउन १६ गते उजुरी दर्ता गरेसँगै यो तथ्य बाहिर सार्वजनिक भएको हो । अख्तियारमा उजुरी दर्ता नम्वर १४४२ रहेको छ । थापाले बाटो हाइड्रोपावरको डोजरले खनेको भएपनि रातारात उपभोक्ता समिति गठन गरेर ५८ लाख निकासा भएको चाल पाएपछी अख्तियारमा उजुरी हालेका हुन् ।

कसरी भयो भ्रष्टाचार?

गाउँपालिकाको बलेफीदेखी तेम्वाथान जाने मोटरबाटो गाउँपालिकाकै ठुलो र महत्वपूर्ण सडक हो । झन्डै २० हजार जनसंख्या र १२ हजार भन्दा बढी मतदाता रहेको यो गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाइएको छ । जसमा गाउँपालिकाका कर्मचारीमात्रै आधा दर्जन रहेका छन् ।

असारको सुरुदेखी नै मुनलाइट हाइड्रोपार, गेलुङ खोला हाइड्रोपावरबाट एक्साभेटर लगेर बाटो खनिएपनि अध्यक्ष श्रेष्ठको निर्देशनमा उपभोक्ता समिति गठन गरि ५८ लाख २० हजार रुपैयाँ निकास गरेको रहस्य बाहिरिएको हो । देवेन्द्र शाक्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति असार २५ गते गठन गरेपनि मिति सच्चाएर वैशाख २५ मै गठन गरेको बनाइएको छ ।

उपभोक्ता समिति बनाउदाँ गाउँभरका उपभोक्तालाई बोलाएर समिति गठन गर्नुपर्नेमा कोठमा बसेर नक्कली हस्ताक्षर गरि उपभोक्ता समिति गाउँपालिकाको अध्यक्षकै निर्देशनमा बनाएको उजुरी पत्रमा उल्लेख छ ।

त्यस्तै उपाध्यक्ष सिर्जना तामाङको नेतृत्वमा स्थलगत प्रतिवेदन तयार पारिएको छ । तर हुदै नभएको काम भएको भनी प्रतिवेदनमा उल्लेख गरिएको पाइएको छ ।

रविन्द्र सिलवाललाई संयोजक बनाएर अनुगमन गरेको उल्लेख भएपनि इन्जिनियरलाई दबाब दिएर हुदै नभएको कामको कार्यसम्पादन बनाएर रकम मिलिमतोमा निकासा भएको उजुरीकर्ता थापाको भनाई छ । रविन्द्र सिलवाललाई यस विषयमा प्रश्न गर्दा मेसिनरीवाल, ग्याविन र ड्राईवाल नलगाएको स्विकार गरे । उनले भने- बाटो खन्ने काम भएको छ तर स्टिमेट फेरेर काम गरेको पाइयो । तर कार्यसम्पादनमा के उल्लेख छ मलाई थाहा छैन ।

समिति गठन देखी अनुगमन समितिमा समेत मनोमानी नाम राखेर काम गरेको स्थानीयवासीको आरोप छ । अझ त्यसमा सबै आफ्ना पार्टीका कार्यकर्तालाई राखेर कोठामै बसेर सबै काम भएको उजुरीकर्ताहरुको दाबी रहेको छ ।

वाल कतै छैन तर मेसिनरी वाल छ कार्यसम्पादन रिपोर्टमा । यसबारे इन्जिनियर सुरेश पौडेलसँग जानकारी लिदाँ सडकमा दायाँबायाँ फराकिलो बनाएको बताए । तर कार्यसम्पादन प्रतिवेदनमा उल्लेख भएजस्तो ड्राई स्टोन र मेसिनरी वाल ४२० क्युम सडकमा छ त भन्ने प्रश्नमा इन्जिनियर पौडेलले छैन भन्ने जवाफ दिए । किन हुदै नभएको कामको गलत प्रतिवेदन तयार पारेको भन्ने प्रश्नमा ब्यवहारिक मिलाउन गाउँपालिका अध्यक्षल श्रेष्ठले दबाब दिएकोले गरेको हुँ भने जवाफ दिए । यसमा गाउँपालिका श्रेष्ठले अख्तियार देखी कहाँ कहाँ उजुरी पर्छ म मिलाउँछु,पैसा नखाने को छर भन्दै गलत प्रतिवेदन तयार पार्न दबाब दिएको एक प्राविधिकले जानकारी दिए ।

त्यस्तै ड्राई स्टोन वाल, पाइप २ सय २० एमएमको लगेको भनेपनि अहिलेसम्म स्थानीयले कतै नदेखेको गजेन्द्र थापाको भनाई छ । समिति गठनदेखी अनुगमन समिति तथा प्राविधिकलाई दबाब दिएर हुदै नभएको काम गरेको प्रतिवेदन तयार पारी ५८ लाख रुपैयाँ झ्याम पारिएको छ । उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य पनि सडकमा वाल लगाउने काम नभएको स्विकार गरे । उनले पैसा फिर्ता हुन नदिन गाउँपालिका अध्यक्षकै निर्देशनमा काम भएको भनि रकम निकालेको र अब काम गर्ने उत्तर दिए । हुदै नभएको काममा कसरी पैसा झिक्नु भो भन्ने प्रश्नमा नक्कली कार्यसम्पादन प्रतिवेदनका आधारमा रकम झिकेको र केही रकम समितिको खातामै रहेको भन्दै उत्तर दिए ।

हाइड्रोपावर कम्पनीसँग कुरा गर्दा हाइड्रोले समेत प्रयोग गर्ने बाटो भएकोले हामीले निशुल्क रुपमा डोजर उपलब्ध गराएका थियौं अरु त खै के भो थाहा छैन भन्ने जवाफ दिए । अझ डोजर हाजिर फाराममा काम नै नगरेका स्थानीयवासीको नाम कोठामै वसेर लेखी दैनिक ज्याला समेत लिएको भनि नक्कली भरपाई गरि पैसा निकालेको चाल पाएपछी स्थानीयवासी विरोधमा उत्रने तयारीमा जुटेका छन् ।

उजुरीपछी अनुगमन समिति ध्यानविर राईको नेतृत्वमा गएको र समितिलाई समेत प्रभावमा पार्न खोजेको स्थानीय बासीको आरोप छ । यसअघि काम भैसकेको ठाउँ देखाएको र अनुगमन समितिलाई प्रभावमा पार्ने प्रयास गाउँपालिका र केही हाइड्रोले गरेको स्रोतको दाबी छ ।

अध्यक्ष श्रेष्ठले भने अख्तियारमा परेको उजुरी नै निराधार भएको बताउँदै आएका छन् ।- समाजखबरबाट

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  ८ : ०२ बजे