न्युयोर्क । एभरेस्ट टाइम्स इन्कले यसपटक रामेछापको बल्दिङ आधारभुत विद्यालयलाई सहयोग गरेको छ ।
एभरेस्ट टाइम्सको आयोजनामा भएको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल घुम्ती किम्फको चौथो संस्करणबाट संकलित रकम उक्त विद्यालयलाई हस्तान्तरण गरेको हो ।
संकलित रकमबाट खर्च कटाएर बचेको रकम क्विन्समा आयोजित एक कार्यकमकाबीच, एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले अमेरिका गुम्देल ट्रस्टका अध्यक्ष सोनाम गेल्बु शेर्पा र कोषाध्यक्ष जोङ्बु शेर्पालाई हस्तान्तरण गरेका हुन् ।
प्रधान सम्पादक शेर्पाले १ हजार एक सय २० डलर (१ लाख २६ हजार ५ सय १२ रुपैयाँ) हस्तान्तरण गरेका हुन् ।
किम्फबाट बचेको रकम दुर्गमको विद्यालयलाईसहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै किम्फ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उक्त रकम अमेरिका गुम्देल ट्रष्ट मार्फत विद्यालयलाई प्रदान गरिने छ ।
गत जुन महिनाको ३० तारिख न्युयोर्कमा सम्पन्न किम्फको सहयोग रामेछापमा गर्न तामाङ सोसाइटीका पूर्व अध्यक्ष भरत लामाले प्रस्ताव गरेका थिए भने ट्रस्टमार्फत प्रदान गर्न एनआरएन अमेरिकाको बोर्ड आफ डाइरेक्टर आङङिमा गेल्जेन शेर्पाले संयोजन गरेको हुन् ।
एभरेस्ट टाइम्सले गएको ४ बर्षदेखि आयोजना गर्दै आएको घुम्ती किम्फबाट बचेको रकम सोलुखुम्बुको सेर्गा बागम प्रावि, चाँगेस्थान मावि र गत वर्ष सिन्धुपाल्चोकको हेलम्बुमा रहेको जम्बियाङ प्रलिलाई आर्थिक सहयोग प्रदान गरेको थियो ।