६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

फुट्यो विवेकशील साझा, उज्वल थापाले दिए नयाँ दलका लागि निवेदन


२७ पुस २०७५, शुक्रबार  

0
Shares

काठमाडौँ: विवेकशील साझा पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन् ।

केन्द्रीय सदस्य मध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएको रञ्जु दर्शनाले जानकारी दिइन् । अर्का संयोजक रवीन्द्र मिश्र दलमा हामी हुँदा पार्टी एक भइरहन नसकेको उनले बताइन् ।

संयोजक थापा केन्द्रीय सदस्य रञ्जु दर्शना, मिलन पाण्डे, रमेश पौड्यालसहित आयोग पुगेर दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन् ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरणको घोषणा भएको थियो ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  ७ : ३८ बजे