शुभप्रभात राई/काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले अनसनरत डा. गोविन्द केसीले अनसन स्थगन गर्नु पर्ने बताएका छन् ।
आइतवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा मन्त्री पोखरेलले अनसनरत डा. केसीको माग पुरा भएको प्रष्ट पार्दै चिकित्सा शिक्षा विद्येयक प्रतिनिधि सभाबाट माघ ११ गते पारित भएको जानकारी दिए ।
‘म डा. गोविन्द केसीलाई सम्मान गर्छु,’ पोखरेलले थपे, ‘यो विधेयक उहाँको योगदानको कारणले पनि पास भएको हो । अब अनसन फिर्ता लिएर हामीलाई स्वतन्त्र रुपमा थप काम गर्ने बाटो खुलाउनु पर्छ ।’
उनले चिकित्सा शिक्षा विद्येयक पारितलाई सर्वाधिक ठूलो उपलब्धिको भएको उल्लेख गर्दै भने, ‘यो सर्वाधिक ठूलो उपलब्धि हो । अब यसलाई तत्कालै राष्ट्रिय सभाबाट पारित गरेर चाँडो एन बनाएर चाँडो कार्यान्वयन गर्छौं । आउदो बैशाखभित्र हामीले यी सबै आयोग, निर्देशानालयहरु गठन गरि साझा परीक्षा प्रणाली गर्ने गरि धमाधम काम गर्नेछौं ।’
पोखरेलले डा. केसीको माग चिकित्सा शिक्षा सम्बन्धीमात्र पुरा हुने जिकिर गर्दै भने, ‘केसीका स्वास्थसँग सम्बन्धित माग ठिकै हो र पूरा पनि भइसक्यो तर, अन्य उहाँका राजनीतिक माग पनि छन् त्यो पूरा हुँदैन । डाक्टर केसीको राजनीतिक मागले समझदारी होईन द्वन्द्व निम्त्याउछ ।’
मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्राथमिकताका राख्ने जानकारी दिँदै भने, ‘हामी प्राविधिक शिक्षालाई प्राथमिकता दिन्छौं । साथै यसलाई विस्तार गर्ने पनि हामी अगाडि बढ्दैछौं । सिटीइ भिटीइलाई पुनर गठन गरि शिक्षकहरुको पनि परिक्षा लिने, साथै शिक्षा सेवा आयोगाई नयाँ ढगले व्यवस्थित गर्छौं ।’
राष्ट्रिय परिक्षा बोर्डलाई पनि व्यवस्थित गर्ने छौं । उनले थपे ‘अझै महत्वपूर्ण शिक्षाका कामहरु फागुन भित्रमा राष्ट्रिय शिक्षा नीति एनहरु बनाइ कार्यन्वयन गर्नेछौं ।’
उनले हाम्रो देशको नीति नियम हामी आफै निर्माण गर्ने प्रष्ट पार्दै भने, ‘कुनै समय नेपालमा एन कानुन निर्माण गर्न अन्य देशहरुबाट विज्ञहरु बोलाइन्थ्यो । उनिहरुले ड्राफ्ट बनाइ दिन्थे, अनि हामी त्यहि अनुरुप काम गर्थयौं । तर, अब हाम्रो नीति हामी आफै बनाउन छौं । हाम्रा दिमाखहरु खियाउछौं साथै उच्व शिक्षा क्षेत्रमा कामगर्ने सबै सरोकार वालाहरु संग छलफल गरि हामी अगाडि बढ्छौं ।
समृद्ध नेपाल र सुखी नेपाली हाम्रो बिराट अभियानलाई शिक्षाले नै निर्धारण गर्छ । उनले भने, ‘शिक्षा समृद्धको मुख्य पाटो हो । यसको परिवर्तन एकै बर्ष अनि एकै रातमा हुदैन । कम्तिमा एक दशक भित्र नेपालको साधरण शिक्षा सवल र मजबुद बनाउछौं । यसैको लागि हामी काम गरिरहेका छौं ।
मन्त्री पोखरेलले सबैलाई नेपाली जनताहरुलाई समेट्ने गरि राष्ट्रिय चिकित्सा शिक्षा विधयग पारित भएको उल्लेख गर्दै भने, ‘हाम्रो देशमा विभिन्न जात, जाति, भाषा, भाषी भएको ठाउँमा सवैलाई अवलम्वन गराउने गरि छुट्टै चिकित्सा शिक्षा विधेयग पारित भएको छ ।’
प्रतिनिधि सभाबाट मिती २०७५ सा माघ ११ गत पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयग, २०७५ का मुख्य मुख्य विशेषताहरु










