काठमाडौं । अन्तरार्ष्ट्रिय तामाङ परिषद्को पूर्वी एसिया क्षेत्रीय समितिले थाइल्यान्डको पर्यटकीय शहर बैंककमा क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जुन २२ गते सम्मेलन हुने जानकारी दिइएको हो ।
सम्मेलनमा पूर्वी एसिया अन्तर्गतका राष्ट्रहरु थाइल्यान्ड, जापान, दक्षिण कोरिया, मलेसिया, हङकङ, बर्मा, मकाउ, सिंगापुर र चीन लगायत ९ राष्ट्रमा क्रियाशील तामाङ संघसंस्थाका प्रतिनिधि सहभागी हुने अन्तर्राष्ट्रिय तामाड्ड परिषद्की उपाध्यक्ष अस्मिता वाईबाले जानकारी दिइन् ।
सन् २००२ मा भारतको मिरिकमा सम्पन्न चौथो सम्मेलनबाट परिमार्जित विधानअनुसार व्यवस्था भएको ५ वटा क्षेत्रीय समन्वय समितिमध्येको एक यस समितिले सम्मेलनबाट सम्बन्धित क्षेत्रको अध्यक्षतामा विभिन्न देशका प्रतिनिधि सम्मिलित पूर्वी एसिया क्षेत्रीय समन्वय समिति गठन गर्ने जनाएको छ ।