१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपा सचिवालय बैठक शनिबार सारियो, आइतबार स्थायी कमिटि बस्ने



काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक नेताहरुको कार्यव्यस्तता भन्दै स्थगित गरिएको छ। नेकपाले शुक्रबारका लागि सचिवालय बैठक तय गरिएको थियो ।

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको थियो ।

सचिवालय बैठक अब शनिबार दिउँसो सारिएको हो । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव राख्ने तयारी छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ११ : ५६ बजे