२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

बसको ठक्करबाट सहपाठीको मृत्यु पछि विद्यार्थीले जलाए गाडी



काठमाडौँ– बसको ठक्करबाट घाइते पशुपति क्याम्पसमा अध्ययनरत छात्राको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार बिहान मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्बर बसले २१ वर्षीया सृष्टि पन्तलाई सुकेधारमा ठक्कर दिएको थियो।

गोरखा घर भएकी पन्तको उपचारका क्रममा चाहबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । पैदल हिँडिरहेका बेला उनलाई बसले ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्पस अगाडि प्रदर्शन गरेका थिए।

ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बसमा लगाएको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : २७ बजे