१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

नेकपाको महाधिवेशन ०७७ चैत अन्तिमसाता प्रस्ताव



काठमाडाैं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन अर्को वर्ष चैत मसान्तमा गर्ने प्रस्ताव गरिएको छ।

बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका हुन्।

अध्यक्ष दाहालले बैठकमा उक्त प्रतिवेदन पेश गरेका छन्। केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्नेछन्। राजनीतिक प्रतिवेदनमा ‘०७७ भदौदेखि मंसिरसम्म स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने’ उल्लेख छ।

यस्तै चैत मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  २ : १० बजे