सिन्धुपाल्चोकको गुम्बागाउँमा १०० भन्दा बढीलाई रुघा र ज्वरो, कोरोनाको आशंका

२०७६ माघ २९, बुधबार ०९:२६

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् ।

गुम्बा गाउँका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने बिरामी देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन्। त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए।

सम्बन्धित समाचार