१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

विमानस्थलमा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन



काठमाडाैं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।

अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सोमबार विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो ।

विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजनलगायतलाई अत्यावश्यक अवस्थाबाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैलाई मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : २५ बजे