३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

नेपालमा एकैदिन १० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबार मात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।

नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ४९ बजे