काठमाडौं । नेपालको आफ्नै रेल आइपुगेको छ । एउटा इन्जिन र चार बोगीसहितको रेल शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेकोछ ।
बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेलसेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा नै यो पहिलो हो ।
जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेटरेल सो कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बहुप्रतिक्षित रेल जनकपुर आइपुगेपछि हेर्नका लागि स्थानीयवासीको व्यापक घुँइचो लागेको छ । नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल भारतको पटनास्थित हाजीपुर स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । रेल विभागले २०१९ कोमे महिनामा रु ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।
इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रु यात्रा गर्नसक्ने र प्रति बोगीको सिट क्षमता७५ रहेको बताइएको छ । यसअघि नेपालमा कोइला इन्जिन भएकोे रेल चल्ने गरेको थियो जुन विगत ६ वर्षदेखि बन्द अवस्थामा छ ।अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्कनेबिजुलीबाट चल्छ ।
सरकारले २०७५ को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनिपूर्ण रुपमा दुरुस्त अवस्थामा छैन । २०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागिभारतीय पक्षले काम गरिरहेको छ ।
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसका लागि १२९ कर्मचारीभर्ना गरिँदैछ । कर्मचारी भर्नाका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी विज्ञापन समेत निकालेको छ । रेल्वेविभागले तीन दिन अगाडि मात्रै एक सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मितिअसोज १२ सम्म तोकिएको छ ।