दोस्रो अन्तर्राष्ट्रिय तमू सम्वाद शृंखला भर्चुअल हुने, चार दिनमा ८ सेसनमा छलफल हुॅदै
२०७७ आश्विन १७, शनिबार २०:३४

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्वाद शृंखला भर्चुअल रुपमा आयोजना हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यस पटकको सम्वाद शृंखला भर्चुअल गर्न लागिएको हो । आउदो शुक्रबारबाट हुने कार्यकिरमबारे जानकारी दिनशनिबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो ।
शुक्रबारबाट चार दिनसम्म (९ देखि १२ अक्टोबरसम्म) चल्ने सम्वाद शृंखलामा विविन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने रत्यसमाथि छलफल हुने छन् । साझ पाँच बजे पहिलो र सात बजेबाट दोस्रो सेसन सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद्को आयोजनामा गत वर्ष काठमाडौंमा पहिलो तमू सम्बाद आयोजना गरिएको थियो । बिश्वका बिभिन्नदेशहरुमा छरिएर रहेका गुरुङ समुदायबीच निरन्तर सम्बाद र ज्ञान सीप अदानप्रदान गर्ने उदेश्यले तमू सम्वाद श्रृंखलाको आयोजना गर्नलागिएको गुरुङ समुदायको छाता संस्था तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।
‘हामीले यो शृंखलाको आयोजना गर्न सुरु गरेको दोस्रो वर्ष मात्रै भएको छ । आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर आयोजना हुने छ’, अध्यक्ष गुरुङले भने, ‘आगामी वर्ष अरु देशमा पनि यो कार्यक्रमको आयोजना गरिने छ ।’
उनकाअनुसार यो सम्वाद सृंखलामा विभिन्न ३५ देशबाट गुरुङहरु सहभागी हुने छन् । त्यसमध्ये धेरैले कार्यक्रम सञ्चालनमै भाग लिने छन्। सम्वादको प्रत्येक दिन फरक विषयमा दुई सेसन सञ्चालन हुने छन् । पहिलो दिनको पहिलो सेसनमा ‘ङै नासा ट्हो’ अर्थात मेरोगाउँघर भन्ने शिर्षकमा छलफल हुने छ । यो शिर्षकमा १८ जना वक्ताले आफ्नो प्रस्तुती दिने छन् ।
पहिलो दिनको दोस्रो सेसनमा तमू भाषा र साहित्य शिर्षकमा छलफल हुने छ । यो शिर्षकमा भाषा विद् रत्नबहादुर गुरुङको प्रस्तुती रहनेछ । यसमा सिक्किम भारतबाट मेघराज गुरुङले टिप्पणी गर्ने छन् ।
शनिबार हुने दोस्रो दिनको पहिलो सेसनमा तमू (गुरुङ)हरुको सफलताको यात्राबारे छफफल हुने छ । यो शिर्षकमा अमेरिकाबाट डा. टोपराज गुरुङ, भारतबाट गोपाल गुरुङ र नेपालबाट लालकुमारी गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
दोस्रो दिनको दोस्रो सेसनमा तमू चलचित्रबारे गुरुङ चलचित्र संघ, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।त्यसमा नविन सुब्बाको टिप्पणी रहने छ ।
तेस्रो दिनको पहिलो सेसनमा विदेशी विद्वानहरुले गुरुङ समूदायको बारेमा आफ्नो धारणा व्यक्त गर्ने छन् । यसमा जापानबाट नानकोयोशिमोतो, बेलायतबाट साइमान स्ट्रिकल्यान्ड र आलन माकफार्लनले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
दोस्रो सेसनमा गुरुङ समुदायको परम्परागत ज्ञान र सिपको बारेमा छलफल हुने छ । यो शिर्षकमा मानवशास्त्री पोलबहादुर गुरुङ रलिलबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
अन्तिम दिनको पहिलो सेसनमा तमू उद्यमी/व्यवसायी शिर्षकमा छलफल हुने छ । यो शिर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालकमिनबहादुर गुरुङ, जापानबाट ओम गुरुङ र गण्डकी ट्राउटका लक्षिन गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
त्यसपछिको अन्तिम सेसनमा औपचारिक कार्यक्रमको आयोजना भएपछि दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्वाद सम्पन्न हुने छ ।