२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

प्रम र मन्त्रीको दशैंखर्च कोरोना उपचार कोषमा जम्मा गरिने



काठमाडौं सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दशैंखर्चवापत प्राप्त रकम कोरोना भाइरससङ्क्रमण रोकथाम  नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आजआयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रदेश स्थानीय तहका पदाधिकारीलाई पनि मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्मअनुसारयस वर्षको दशैंखर्चवापत प्राप्त रकम कोरोना उपचार कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए

सरकारले  सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्था मिलाएको, स्वास्थ्य संरचनाको विस्तार गरेको, परीक्षणको दायरा फराकिलोबनाएको आर्थिक रुपले विपन्न, असहाय, अशक्त, एकल महिला, अपाङ्गतायुक्त, ज्येष्ठ नागरिकलगायत वर्गका निम्ति निःशुल्कउपचारको व्यवस्था गरेको सरकारका  प्रवक्ता गुरुङले बताए राज्यले कसैलाई पनि उपचारबाट वञ्चित नहुने नीति लिएको उल्लेख गर्दैमन्त्री गुरुङले सरकारले त्यसको प्रबन्ध मिलाएकोसमेत स्पष्ट गरे   मन्त्रिपरिषद्ले सरकारका प्रवक्तामा मन्त्री गुरुङलाई तोकेको

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४९ बजे