२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

एमाले सांसदले फ्लोर क्रस गरेपछि जोगियो कर्णालीमा माओवादी सरकार



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । उनले प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिएका हुन् ।

यसैगरी नेकपा (एमाले) को माधव नेपाल समुहका चार प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि कर्णालीमा माओवादी सरकार बचेको हो ।

सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् ।

प्रदेशसभामा कायम सदस्यमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिए ।

कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ४५ बजे