३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

काठमाडौंमा एक साता निषेधज्ञा



काठमाडौँ । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भएको छ । निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : १८ बजे