२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

शंकर पेखरेल पुन: मुख्यमन्त्री नियुक्त



काठमाडौँ । बिपक्षीहरुको बिरोधको बाबजुध लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबारै राजीनामा दिएका मुख्यमन्त्री पोखरेल पुन नियुक्त भएका हुन् । एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनियताको शपथ गराए ।

नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले बहुमत आफूहरुसँग रहेको दाबी गर्दै शपथ रोक्न माग गरे पनि प्रदेश प्रमुख यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पुगेर पोखरेललाई शपथ खुवाए । आइतबार दिउँसो देखिनै विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय नाराबाजी गरेर धर्न बस्का थिए ।

सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको थियो ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । उनीहरुले एमालेका केही साॅसद पनि आफ्नो पक्षमा रहेको दाबी गर्दै पोखरेल अल्पमतमा परेके दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : ४८ बजे