१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

कोरोना महामारी बढेको भन्दै विवेकशील साझाको महाधिवेशन स्थगित



काठमाडौं । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ।

प्रवक्ता शरदराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले शनिवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको उल्लख गरेको छ ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ०९ बजे