१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लुम्बिनी प्रदेशमा केसी मुख्यमन्त्री, छ मन्त्री नियुक्त



काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी र छ मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीवार साँझ आयोजना गरिएको कार्यक्रममा संविधानको धारा १७२ अनुरूप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि मुख्यमन्त्री केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।

यसअघि दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । केसीले ४१ सदस्य रहेको नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । केसी रोल्पा १ (क)बाट प्रदेशसभामा निर्वाचित हुन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले पनि प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिएका छन् । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीका। रुपमा सपथ लिएका हुन् । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हालेका छन् ।

काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री भएका हुन् । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद भए । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ११ : १८ बजे